Logo
Logo

नेपाल वायुसेवामा कालोधन्दा


5.6k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमभित्र चरम बेथिति मौलाएको छ । नेपालगञ्जस्थित कार्यालयमा खुलेआमरुपमा टिकटको कालोबजारी चलेको छ । स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा उजुरी गर्दा पनि सुनुवाइ हुनसकेको छैन ।

नेपालगञ्जबाट पहाडी जिल्लाहरूमा जाने उडानको टिकटमा कर्मचारीकै मिलेमतोमा कालोबजारी हुने गरेको छ । जसकारण सर्वसाधरणले टिकट पाउने गरेका छैनन् । सात हजार रुपैयाँको टिकटलाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री हुने गरेको छ ।

क्षेत्रीय कार्यालयका प्रमुख किरणमान श्रेष्ठकै मिलेमतोमा कालोबजारी मौलाएको स्थानीय बताउँछन् । यस्तो धन्दामा संलग्न भएको आरोपमा केही महिनाअघि उनलाई त्यहाँबाट हटाइएको थियो । फेरि सेटिङ मिलाएर गत महिना उनी नेपालगञ्ज फर्किएका छन् ।

उनले लेखापाल पावीन गुरुङसँग मिलेर अवैध धन्दा चलाएको स्रोत बताउँछ । लेखापालकी श्रीमती अञ्जु कार्कीलाई हालै ज्यालादारी कर्मचारीमा नियुक्त गरिएको छ । ज्यालादारी कर्मचारीलाई अधिकार सुम्पेर निगमभित्र बेथिति बढेको हो ।

बिचौलियाहरु मिलन शाही, सुष्मा रावत, मीना लामा, अमृत शाहीसँग मिलेर टिकटमा कालोबजारी हुने गरेको छ ।

नेपालगञ्जबाट पहाडी जिल्लाहरुमा निजी विमानले चार्टर्ड उडान मात्र गर्दै आएका छन् । निगमले नियमित उडान गर्नेमा टिकटजति सधैँ बिचौलियाले हात पारेर दोब्बर मूल्यमा बिक्री गर्दै आएका छन् । यसबाट स्थानीयहरु आक्रोशित छन् । उनलाई कारबाहीको माग गरी विभिन्न निकायमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्