Logo
Logo

इटहरीका जनप्रतिनिधिको आक्रोश, टयाङग्रा पुल मर्मत गर्न सडक डिभिजन किन उदासिन ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

इटहरी । सडकमा भएका खाल्डाखुल्डी पुर्न र टयाङग्रा पुल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् । सडक सुशासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरुसँग गरेको छलफल कार्यक्रममा आक्रोश जनाएका हुन् ।

छलफलमा इटहरी वडा नम्वर ६ का वडाध्यक्ष चन्द्र भट्टराईले टयाङग्रापुल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको बारेमा ध्यानाकर्षण गराएका छन् । उनले सडकमा भएका खाल्डाखुल्डी पुर्न र टयाङ्ग्राखोलाको पुल मर्मतमा किन लापरवाही गरिएको होे प्रश्न गरे । काम भए पनि टालटुले काम हुने र निर्माण नसकी भत्किने बताए ।

इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको पटक पटकको ताकेतामा टयाङ्ग्रापुलको मर्मत भए पनि पुनः भत्किएको छ । दुवैतर्फका रेलिङ भत्किएका कारण दुर्घटनाको जोखिम बढेको छ । टयाङ्ग्रापुल पूर्वपश्चिम सडकखण्डमा पर्ने इटहरी बजारमै रहेको पुल हो । जुन पुल भएर दिनमा हजारौँ सवारीसाधन गुड्छन । सडकमा दर्जनाँै खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ । सडक डिभिजन कार्यालय विराटनगरका इञ्जिनीयर कैलाश देवले भने सडक मर्मतमा वर्षमा सालवसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने जनाए । यस वर्षको टेण्डर नै अझै नखुलेको वताए । अहिले अमानतीमा कार्य भएकाले प्राथमिक उपचार जस्तो मात्र भएको सुनाए । वडाध्यक्ष भट्टराईले आक्रोश व्यक्त गर्दै भने ‘विपद प्रकोपका वेला भएका खाल्डाखुल्डी पुर्न टेण्डरै कुर्न मिल्छ ? यदि सडक डिभिजनले सक्दैन भने सक्दिनँ भन्नुप¥यो हामी गर्छौ ।’

राजमार्ग संघीय सरकारअन्तर्गत भएकाले स्थानीय तहले सडकमा खर्च गरे बेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने अवस्था छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रिजालले आवश्यकता र औचित्यका आधारमा सडक र पुल मर्मत गर्नुपर्नेमा जोड दिए । उनले संघीय सरकारले सडक बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरे उपयुक्त हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्