Logo
Logo

दिनदिनै सडक विस्तार गर्ने एमालेको घोषणा


315
Shares

काठमाडौं । नेकपा एमालेले दिनदिनै सडक विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै दिनदिनै सडक विस्तार गर्ने घोषणा गरेको हो ।

साथै, हरेक जिल्लालाई रणनैतिक सडकसँग जोड्ने समेत एमालेको प्रतिबद्धता रहेको छ । दुई वर्षभित्र सबै पालिकाका केन्द्रसम्म पक्की सडक पुर्याउने घोषणापत्रमा उल्लेख छ । त्यस्तै निर्माणाधिन राष्ट्रिय राजमार्ग र रणनीतिक सडक ५ वर्षभित्र सम्पन्न गर्ने एमालेले जनाएको छ ।

त्यसैगरी सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने, ‘सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने महत्वाकांक्षी योजना पनि एमालेले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्