Logo
Logo

डा. कमल भुसालको उम्मेदवारी खारेज


5.5k
Shares

बुटवल । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका डा. कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो ।

यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्चले अन्तिम फैसला गर्दै आयोगको निर्णयलाई सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्