काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी प्रचारप्रसार अभियानमा सहभागी हुनअघि त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् ।
अध्यक्ष ओली बुधबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर–१ का उम्मेदवार किरण पौडेलको चुनावी प्रचारप्रसारमा सहभागी हुँदैछन् । तर त्यसअघि उनले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।
किरण पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएका छन् । त्यसै कारण ओलील महादेव मन्दिरको दर्शन गरेको बताइन्छ । सो अवसरमा ओलीले नानक मठको पनि दर्शन गरेका थिए ।
एमालेले यस निर्वाचनमा राजावादी र हिन्दूवादी दल राप्रपालगायतसँग चुनावी तालमेल गरेको छ ।