Logo
Logo

गोरखाबाट नयाँ आर्थिक समृद्धिको क्रान्ति सुरु : प्रचण्ड


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट निर्वाचन लड्न आफ्नो लागि चुनौती रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज एक कार्यक्रममा बोल्दै उनले गोरखाबाट निर्वाचन लड्दै गर्दा यस क्षेत्रका जनताको अपेंक्षा अनुसार काम गर्न नसकिएला की जस्तो लागेको बताए ।

उनले भने, ‘म गोरखाबाट निर्वाचन लड्दै गर्दा मेरो लागि ठुलो चुनौती पनि छ । किन भने मैले यस क्षेत्रमा जनताको हितको लागि काम गर्न सकिन्छ की सकिदैन भन्ने कुरा पनि छ । निर्वाचन जित्न मात्र ठुलो कुरा पनि होइन ।’

देशभरबाट गोरखा राम्रोसँग देखिने र सुनिने बताउँदै यस क्षेत्रमा काम गर्न पाउनु ठुलो अबसरको रुपमा लिएको बताए । उनले गोरखाबाट नयाँ आर्थिक, समृद्धिको क्रान्ति सुरु भएको प्रचण्डले बताए ।

उनले गठवन्धनका प्रमुख नेताहरुलाई गएर सातै प्रदेशमा गठवन्धनका सबै नेता कार्यकर्तालाई अपिल गर्न प्रस्ताव गरेको बताए । सबै प्रदेशमा गएर पनि अपिल गरिसकेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्