Logo
Logo

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : प्रकाशशरण


1.6k
Shares

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

उनले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको दाबी गरे

उनले भने, ‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ, काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।’

नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समितिअन्तर्गत गठित खेलकुद क्षेत्र समन्वय समितिले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा व्यवस्थाको रक्षा गर्ने कि व्यवस्थालाई अझै कमजोर बनाउने भन्नेबीचको अहिलेको निर्वाचन रहेको उनको भनाइ थियो ।

संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्