Logo
Logo

चुनावी गतिविधि परिणाममुखी बनाउन गोरखामा सत्ता गठबन्धनले गरे आठ निर्णय


945
Shares

गोरखा । गोरखामा सत्ता गठबन्धनबाट प्रतिनिधित्व गर्ने प्रदेश र प्रतिनिधिसभा उम्मेदवारलाई जिताउनेगरी विभिन्न ८ निर्णय गरिएको छ ।

बिहीबार मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा बसेको चार दलका नेताहरूको बैठकले विभिन्न ८ निर्णय गरेका हुन् ।

गोरखाको आयोजित चुनावी कार्यक्रममा प्रचण्ड । फाइल फोटो

बैठकले चुनावी गतिविधिलाई व्यवस्थित गर्दै परिणाममुखी बनाउनेगरी लाग्ने निर्णय गरेको छ । हालसम्मको चुनावी अभियानको समीक्षा गर्दै थप सुदृढ गराउने, वडास्तरमा संयन्त्र परिचालन गर्ने, कोणसभा तथा मतदाता भेटघाटलाई व्यवस्थित बनाउने, युवा विद्यार्थीको भेला प्रशिक्षण चलाउने निर्णय गरेको छ ।

यस्तै सम्बन्धित क्षेत्रका उम्मेदवारसँग समन्वयमा आर्थिक परिचालन र व्यवस्थापन गर्ने, प्रचारप्रसार सामग्री घरघर पुर्याएर अपिल गर्ने, फोटोसहितको मतदाता नामावली निर्वाचन कार्यालयबाट लिएर वडा र मतदान केन्द्रमा पुर्याउने पनि गठबन्धनले निर्णय गरेको छ ।

गोरखा १ बाट कांग्रेसका राजेन्द्र बजगाई प्रतिनिधिसभा उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट माओवादीका कृष्णप्रसाद धिताल र ‘ख’बाट नन्दप्रसाद न्यौपाने उम्मेदवार छन् ।

यस्तै गोरखा–२ बाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा उम्मेदवार छन् भने प्रदेश सभा‘क’बाट नेपाल समाजवादीका फनिन्द्र देवकोटा र ‘ख’बाट सुरेन्द्रराज पाण्डे उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्