एजेन्सी । ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुंगा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मंगलबार डुंगा डुब्दा ती यात्रु हराएका थिए ।
मंगलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन् । ग्रिकको राष्ट्रिय समाचार समितिले डुंगा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।
त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ । जिवीतै उद्धार गरिएकाहरुले सो डुँगामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुँगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरु रहेका बताइएको छ ।