Logo
Logo

५ हजार घुससहित नायब निरीक्षक रंगेहात पक्राउ


6k
Shares


काठमाडौं । धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरी घुससहित पक्राउ परेका छन् ।

धनुषाको जटहीस्थित सीमा प्रहरी चौकीमा कार्यरत चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिदै गर्दा उनी पक्राउ परेका हुन् ।


सो क्षेत्रमा प्रहरीले दुःख दिएपछि सेवाग्राहीले अख्तियार बोलाएर पक्राउ गराएका हुन् । तराईका धेरै जिल्लामा यस्तो घुसखोरी मौलाएको छ ।

प्रतिक्रिया दिनुहोस्