काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा र सरुवा गरेको छ । सहसचिव केशब शर्मालाई बैठकले सचिवमा बढुवा गरेको छ ।
शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(जलस्रोत तथा सिँचाइ) मा पदस्थापन गरेको छ ।
सचिव सागर कुमार राईले ९ गते अनिवार्य अवकाश लिएसँगै रिक्त पदमा शर्मालाई बढुवा गरी र पदस्थापन गरिएको हो । उनको नाम बढुवामा तेस्रो नम्बरमा सिफारिस भएको थियो ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(उर्जा) सुशिल चन्द्र तिवारीलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ भने आयोगका सचिव दिनेश कुमार घिमिरेलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(उर्जा)मा जिम्मेवारी दिइसकेको छ ।
निर्वाचन आयोगको सहमति लिएर सरुवा र बढुवाको निर्णय भएको हो ।