Logo
Logo

गोली लागेका इमरान खानको अवस्था कस्तो छ ?


1.8k
Shares

काठमाडौं । गोली प्रहारबाट घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गोप्य रुपमा उपचार भइरहेको छ । उनको अवस्थाबारे सार्वजनक जानकारी गराइएको छैन ।

बिहीबार पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा पञ्जाब प्रान्तको गुजरानवालामा बन्दुकधारीको आक्रमणमा परेका उनी घाइते थिए ।

बन्दुकधारीको आक्रमणबाट घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर, कुन अस्पतालमा कसरी उपचार भइरहेको छ र अवस्था कस्तो छ ? भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छै ।

आधिकारीक रुपमा इमरानको अवस्था जानकारी नगराइए पनि बीबीसी हिन्दीले भने गोली लागेर घाइते भएका खानको उपचार लाहोरको एक अस्पतालमा भइरहेको बताएको छ ।

अस्पतालमा खानलाई भेट्न गएका पीटीआईका सिनेटर फैसल जावेदले इमरान खानको शल्यक्रिया गरिएको र उनी पहिलेभन्दा अहिले स्वस्थ भएको बताएका बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्