Logo
Logo

महादेवसँग शक्ति मागरे पश्चिम हान्निएका ओली ४० जिल्ला पुग्ने


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४० जिल्लामा आयोजित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न पुग्ने भएका छन् ।

नेकपा एमालेले आज निर्वाचन अभियान सुरु गर्दैछ । दार्चुलामा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन अभियान प्रारम्भ गर्नेछन् ।

दार्चुलाबाट विभिन्न जिल्लाहरुमा आयोजित सभालाहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओली पूर्वतर्फ प्रस्थान गर्ने ओलीको सचिवालयले जानकारी दिएको छ ।

बिहीबार अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेवको मन्दिर दर्शन गरेका थिए । त्यसपछि उनी निर्वाचन अभियानका लागि पश्चिम लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्