Logo
Logo

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस


378
Shares

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने छ ।

बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

मुद्दा बलात्कारको भए पनि हालसम्म पीडित नाबालिग हो या होइन भन्नेमा बहस केन्द्रित रहेको छ । सन्दीप पक्षका कानुन व्यवसायीले पीडित भनिएका व्यक्ति नाबालिक नरहेको दाबी गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्