Logo
Logo

सरकारी वकिलले जवाफी बहस सके आजै फैसला


567
Shares

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना रहेको छ ।

सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि हुँदैछ । बिहीबार सन्दीप पक्षका वकिलहरुले बहस सकेका छन् । आज जवाफी बहस हुँदैछ ।

आजका लागि हेर्दाहेर्दैमा राखिएको सन्दीपविरुद्धको मुद्दामा सरकारी पक्षलाई आज प्रतिवाद गर्ने समय दिइएको छ ।

त्यसपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने भन्ने विषयमा दिन्छ । सरकारी वकिलले जवाफी बहस सके आजै आदेश आउने सम्भावना रहेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता गराएको मुद्दामा बुधबारदेखि थुनछेक बहस जारी छ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्