Logo
Logo

मोरङ-६ : बहुजनको सर्मथनले शेखरलाई सहज


1.6k
Shares

मोरङ । मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेस नेता शेखर कोराइलालाई बहुजन शक्ति पार्टीले पनि समर्थन गर्ने भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका कोइरालालाई समर्थन गर्दै बहुजन शक्ति पार्टीले आफ्नो उम्मेदवारी निस्कृय बनाएको छ ।

बहुजन शक्ति पार्टी मोरङका अध्यक्ष नारायण पासवान यो क्षेत्रमा उम्मेदवार थिए । तर उनले शुक्रबार विज्ञप्ति जारी गर्दै शेखरलाई समर्थन गरेको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’

आजैदेखि आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाउँदै उनले अब कोइरालाको चुनावी अभियानमा जुट्ने बताएका छन् । यससँगै मोरङ–६ मा गठबन्धन उम्मेदवार कोइरालालाई सहज भएको छ । मोरङ–६ मा एमालेले लालबाबु पण्डितलाई उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्