Logo
Logo

काठमाडौंमा आतंक मच्चाउने समूह समातियो


2.3k
Shares


काठमाडौं । काठमाडौैंका विभिन्न स्थानमा चोरी र लुटपाटको आतंक मच्चाउने समूह पक्राउ परेको छ । बौद्ध क्षेत्रमा डकैती समेत गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी घर भई हाल गोकर्णेश्वर बस्ने जिमी लामा, सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने दीर्घ लामा र सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने बाबु तामाङ छन् । उनीहरु तिनै जना पटके अपराधी भएको र विगतमा जेल बसेर छुटेका हुन् । जिमी चोरी मुद्दामै ६ वर्ष ११ महिना जेल बसेका थिए । त्यस्तै दीर्घ २ वर्ष तथा बाबु १ वर्ष ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको काठमाडौं परिसरले जनाएको छ ।


उनीहरुले केहीदिनअघि नारायणटार बस्ने वर्ष ५४ की महिलाको साथमा रहेको झोला लुटपाट गरी झोलामा रहेको सुनको झुम्का, तिलहरी र नगद १५ हजार लुटेका थिए । गोकर्णेश्वर–८ स्थित १ जना पुरुषको घरबाट बिभिन्न सुनका गरगहना ७ तोला र नगद १० लाख समेत लुटपाट गरी फरार भएका थिए । बौद्ध वृत्तका डिएसपी हरि बहादुर बस्नेतकै कमाण्डको प्रहरीले उनीहरुलाई थलीबाट पक्राउ गरेको हो । उनीहरुबाट घर फुटाउन प्रयोग गर्ने फलामको रड, मोटरसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्