Logo
Logo

ओलीको उद्घोष- दार्चुला र धार्चुलामा पक्की पुल बनाइन्छ


1.4k
Shares

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गरेका छन् । शुक्रबार दार्चुलामा आयोजित एमालेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो उद्घोष गरेका हुन् ।

फाइल फाेटाे

सभालाई सम्बोधन गर्दै उनले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर स¥यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भएपनि सीमाना सार्छ । यो सुहाउँदैन ।’

तिंकर भञ्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको पनि टिप्पणी गर्दै सीमाको विषयमा सानो चित्त नगर्न भारतलाई उनले आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चीनसम्म जाने ७०/७५ किलोमिटर चट्टान नेपालीले फोड्नुपर्ने देखियो पनि बताए । ओलीले भने, ‘चीनसम्म जाने ७०÷७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ । तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । त्यो हामी आफैं बनाउने थियौँ । तर, भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो ।’

उनले भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको भन्दै आफूले भारतका शीर्ष नेताहरुलाई समेत त्यसबारे भनिरहेको बताए । उनले भने, ‘म भारत भ्रमणमा जाँदा भारत जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको बताएको थिएँ । अब दार्चुला र धार्चुलामा पक्की पुल बनाइने छ ।’

एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार सुरु गरेको हो । चुनावी प्रचार अभियानको सुरु गर्न ओली शुक्रबार दार्चुला पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्