Logo
Logo

ओली भन्छन्- देउवाको यो अन्तिम हो, मंसिर ४ पछि सिद्धिन्छन्


3.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ गतेपछि समाप्त हुने टिप्पणी गरेका छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री भएर पनि देउवाले गृहजिल्ला डडेल्धुराको विकासका लागि केही गर्न नसकेको समेत टिप्पणी गरेका छन् ।

देउवाले विकास गरेको भन्ने डडेल्धुरामा भ्रम रहेको भन्दै ओलीले अब डडेल्धुराको विकासको जिम्मा नेकपा एमालेले लिने घोषणा गरे । ओलीले भने– ‘डडेल्धुरामा भ्रम परेको छ भन्ने मैले सुनेको छु । अन्योल भएको छ भन्ने सुनेको छु । डडेल्धुराको विकासको जिम्मा नेकपा एमालेले लिन्छ ।’

ओलीले प्रधानमन्त्रीको रुपमा देउवाको यो कार्यकाल अन्तिम कार्यकाल रहेको समेत बताएका छन् । ओलीले भने– ‘शेरबहादुरजी पाँच पटक बन्नुस् कि जति पटक बन्नुस् उहाँले सक्नु हुन्न, सक्नु भएन । यो अन्तिम पटक हो ।’

अध्यक्ष ओलीले मंसिर ४ गतेपछि वर्तमान सत्ता गठबन्धन छिन्नभिन्न हुने समेत ठोकुवा गरेका छन् । सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘अब गठबन्धन गठबन्धन गयो । मंसिर ४ गतेसम्म गठबन्धन रहन्छ, त्यसपछि रानो नभएको मौरी टोकाटोक गरेजस्तै टोकाटोक गरेर सिद्धिन्छन् ।’

सभामार्फत अध्यक्ष ओलीले देउवाको निर्वाचन क्षेत्रमा कर्ण मल्ल नै नेकपा एमालेको उम्मेदवार रहेको प्रतिवद्धता जनाएका छन् । पार्टीको स्थानीय कमिटीले समर्थन नगर्दैमा नहुने भन्दै पार्टी केन्द्रले कर्णलाई समर्थन गरेको भन्दै कार्यकर्तालाई मतदान गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्