Logo
Logo

दोहोरो नागरिकता र राहदानी भएका व्यक्ति पक्राउ


630
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट दोहोरो नागरिकता र राहदानी भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकबो छ ।

महाराजगंजस्थित अमेरिकन राजदुतवास नजिकबाट दुई वटा नागरिकता र राहदानी सहित उदयपुर वेलका नगरपालिका- ७ घर भएका ४१ वर्षीय अशोक राई भन्ने ओम बहादुर राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दुई वटा नागरिकता र राहदानी सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्