Logo
Logo

डडेलधुरामा जसपाकाे उम्मेदवारी निष्क्रिय


2.8k
Shares

डडेलधुरा । डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।शनिबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जसपा डडेल्धुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको आफ्नो उम्मेदवारीलाई पूर्ण रुपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवा र प्रदेशसभा (क) प्रत्यक्षतर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेशसभा (ख) का उम्मेदवार गोविन्दराज बोहरालाई पूर्ण रुपमा समर्थन गरि सहयोग गर्दछु ।’

उनले अब आफू गठबन्धनको चुनावी अभियानमा खटिने पनि बताएका छन् । अहिले चुनावी प्रचारको क्रमम कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा छन् ।

प्रतिक्रिया दिनुहोस्