Logo
Logo

प्रधानमन्त्री देउवाले आज दुई सभालाई सम्बोधन गर्ने


693
Shares

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेल्धुरा आइपुगेका छन् ।

देउवाले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदका अनुसार देउवाले आज बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउँदले जानकारी दिए । देउवा कात्तिक २० गते काठमाडौं फर्कने र सात वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बिपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्