Logo
Logo

यस्तो छ जसपाको प्रतिवद्धता पत्र (पूर्णपाठ)

संविधान संशोधन अपरिहार्य, शिक्षामा ५ वर्षभित्र १२ कक्षासम्म पूर्णतया निःशुल्क


315
Shares

कठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रतिबद्धता पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरेका हुन् ।

जसपाले आफ्नो प्रतिबद्धतापत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । साथै, शासकीय स्वरुपमा कुनैपनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था र कार्यकारी राष्ट्रपतिले समावेशीरूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद बनाउने प्रतिवद्धतामा उल्लेख गरेको छ ।

शासकीय स्वरूपमा परिवर्तन, संघीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्नेलगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

यस्तै, वर्तमान पूर्व–पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने र काठमाडौंको रिङरोडलाई पाँच वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेनको बनाउने जसपाले जनाएको छ ।

काठमाडौंका चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकालाई समेटेर मेट्रो रेल सञ्चालन गर्ने पनि जसपाको प्रतिवद्धतापत्रमा उल्लेख छ , साथै, जसपाले अबका पाँच वर्षभित्र आधारभूत रूपमा १२ कक्षासम्मको शिक्षा पूर्णतया निःशुल्क गर्ने र गरिब, विपन्न तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि राज्यले विशेष छात्रवृत्तिको व्यवस्था गरिने उल्लेख छ ।

जसपाको घोषणापत्र

प्रतिक्रिया दिनुहोस्