Logo
Logo

नेपाल-सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ भदौं । नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गरे ।
त्यस अवसरमा दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनासँगै द्विपक्षीय र बहुपक्षीय मामिलामा साझेदारी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसलाई दुवै देशका राजदूतले आजै दिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्