Logo
Logo

यसकारण चार्ल्स तृतीयले खोस्न सक्छन ह्यारी परिवारको उपाधि 


504
Shares

एजेन्सी । बेलायती राजा चार्ल्स तृतीयले मेघन मर्केल, प्रिन्स ह्यारी र उनीहरूका छोराछोरीलाई उनीहरूको शाही उपाधि  खोस्न सक्ने एक शाही विज्ञले दावी गरेका छन् ।

उनीहरूको आगामी पुस्तक र नेटफ्लिक्स शोले शाही परिवारलाई हानि पुर्‍याएमा उनीहरुको शाही उपाधि खोसिन सक्ने ती विज्ञले दाबी गरेका हुन् ।

प्रिन्स ह्यारीले अर्को वर्ष जनवरी १० मा ’स्पेयर’ शीर्षकको आफ्नो संस्मरण प्रकाशित गर्ने तयारी गरेका छन्। प्रकाशक पेन्गुइन र्यान्डम हाउसका अनुसार पुस्तकले ‘कच्चा र अटल इमानदारी’ प्रतिज्ञा गरेको छ, जसले गर्दा ‘शाही परिवारको लागि ‘अत्यधिक विनाशकारी’ हुनसक्ने अनुमान गरिएको छ ।

डेली स्टारकाअनुसार शाही लेखक टम बोवरले रानी एलिजाबेथको अन्त्येष्टि सेवामा उनीहरूको पुनर्मिलन पछि शाही परिवारका सदस्यहरू बीचको दुश्मनी प्रकट गरेका छन्।

राजकुमार ह्यारी र उनकी पत्नी मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको जनाइएको छ। प्रिन्स ह्यारीको संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्