Logo
Logo

आईसीसी टी–२० : अफ्रिका आउट, भारत सेमिफाइनलमा


567
Shares

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको सुपर १२ बाट दक्षिण अफ्रिका बाहिरिएको छ । अयट्रेलियामा आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो ।

नेदरल्याण्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो । यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । यी दुई देशबीचको खेल केहिबरेमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्