Logo
Logo

६ लाख नगदसहित छुट्टा-छुट्टै स्थानबाट ६० जना जुवाडे पक्राउ


378
Shares

लमजुङ । सुन्दरबजार नगरपालिका-१ दुरागाउँ बस्ने रुपा दुराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय राम बहादुर दुरा समेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी कुन्छाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १ सय २३ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

यसैगरी लमजुङ बेसीशहर नगरपालिका-११ चितिस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सुदिप सुयल समेत २५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।

त्यस्तै तनहुँको भानु नगरपालिका-५ सेपाबंगैचा बस्ने ४४ वर्षीय शिव कुमार श्रेष्ठको रक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८७ हजार ५ सय २० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

त्यस्तैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका(७ वनगाई बस्ने ४७ वर्षीय रामु भुषालको जुनकिरी होटलमा जुवातास खेलिरहेको अवस्थामा भुसाल समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३६ हजार ८ सय १५ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्