Logo
Logo

मंसिर १ गतेदेखि सवारी लाइसेन्स आवेदन बन्द


504
Shares

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले निर्वाचन अवधिभर लाइसेन्स आवेदन बन्द हुने जनाएको हो ।

विभागले सूचनामार्फत मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने जानकारी गराएको छ । निर्वाचनका लागि कर्मचारी खटिएकाले कार्यालयको सेवा प्रभावित हुने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्