Logo
Logo

२ लाख ४२ हजार नगदसहित १० जना जुवाडे पक्राउ


252
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोकबाट प्रहरीले नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्