Logo
Logo

जीप दुर्घटनामा एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

डडेल्धुरा, ११ भदौं । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आइरहेको म १ ज २१० नं को जीप दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ । जीप आज बिहान दुर्घटनामा भएको थियो ।
अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय रमेश मल्लले बताए । घटनास्थलमै गाडीमा च्यापिएर चन्दको मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददीराम न्यौपानेले बताए ।
अहिले उद्धारमा स्थानीय जनप्रतिनिधि तथा अन्यको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी उद्धारका लागि खटिएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । घाइतेमध्ये दुई जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।
उक्त जीपमा करीब २२ जना सबार रहेको बताइएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । क्षमताभन्दा बढि यात्रु र कच्ची बाटोका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्