एजेन्सी । फ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा विमान दुर्घटनाग्रस्त भएको सीएनएनले अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
प्रेसिजन एयरका अधिकारीका अनुसार बुकोबा एयरपोर्ट नजिकै विमान खसेको थियो। अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या एकिन भइसकेको छैन ।
प्रेसिजन एयर दार एस सलाममा आधारित तान्जानियाको एयरलाइन्स हो। अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।