Logo
Logo

सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल, अस्पताल भर्ना


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

केही दिनअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो ।
प्रचण्डको सचिवालय अनुसार आइतबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्