Logo
Logo

आज पोखरा जाँदै केपी ओली


315
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा जान लागेका हुन् ।

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ( बैरागी) पनि कार्यक्रममा सहभागि हुने निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए ।

यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ (१) का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्