Logo
Logo

पारिश्रमिक दिन माग गर्दै मजदुर संघकाे ध्यानाकर्षण


315
Shares

मकवानपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पेसागत घटक संगठन अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले हेटौंडा उपमहानगरपालिकालाई ध्यानाबकर्षण पत्र बुझाएको छ ।

संघका अध्यक्ष बि.एस. पौडेल सहितको टोलीले आइतबार नगर प्रमुख मिना लामालाई मजदुरको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै एक महिन को अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

महामनगरभित्र संचालन भएका उद्योग, कलकारखाना लगायत विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि ०७८ श्रावण १ गते देखि लागु हुने गरी न्युनतम पारिश्रमिक मासिक १५ हजार निर्धारण राजपत्रमा समेत प्रकाशित गरेको भएपनि अझै कार्यान्वयनमा नआएकाे भन्दै संघले तत्काल मजदुरलाइ पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित कार्यालयसंग सम्वन्यन गर्न आग्रह गरेकाे हाे ।

उपमहानगरपालिका भित्र रहेका अधिकांश उद्योग प्रतिष्ठानहरूमा हाल सम्म पनि मनदुरले न्युनतम पारिश्रमिक नपानुका साथै महिला र पुरुषमा समान कामको समान ज्याला ( पारिश्रमिक) नदिई विभेद गरेको, समान दक्षता र समान काम गर्ने नेपाली र छिमेकी मुलुकका कामदारहरूमा पारिश्रमिक लगायत सेवा सुविधाहरूमा पनि विभेद भएको, स्वच्छ सफा पिउने पानी, सफा शौचालयको उचित प्रबन्ध नभएको, कार्यस्थलको सरसफाई र सुरक्षा सामग्रीहरू बुट, हेल्मेट, चश्मा पन्जा, माक्स र ड्रेस बेगर नै काममा लगाइएको पाइएको पत्रमा उल्लेख छ ।

कम्पनीमा लामो समयदेखि काम गर्दै आएका मजदुरले आवश्यक सेवा सुविधाहरू नदिई अति जोखिमका साथ काम लगाई श्रम शोषण गरेको पाइएको संघका अध्यक्ष पौडेलले जानकारी दिए । महंगी बढेसँगै मनदुरकाे न्युनतम पारिश्रमिक ३० हजार हुनुपर्नमा ताेकिएकाे सुविधासम्म नपाएकाे प्रति महानगरकाे ध्यानआकर्षण गराएकाे उनले बताए ।

संघ, केन्द्रिय समितिले एक महिना भित्र उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण उद्योग प्रष्ठिानहरुमा कार्यरत कामदार श्रमिक कर्मचारीहरुको पारिश्रमिक लगायत अन्य सेवा सुविधाहरु उपलव्ध गराउन आग्रह गर्दै सो समय भित्र कार्यान्वयन हुन नसके शोषित पीडित मजदुरहरूको अधिकारको लागि कानुनी प्रकृया सँगै सशक्त संघर्ष गर्न बाध्य हुनुको साथै सो संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं रोजगारदाता, व्यवस्थापक लगायत सम्बन्धित निकाय जिम्मेवार हुने जानकारी गराउँदै समयमै श्रमशोषण मुक्त उपमहानगरपालिका बनाउन ध्यानाकर्षण गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्