Logo
Logo

एमाले प्रवेश गरेको दुई दिनमै पुनः कांग्रेसमा फर्किए धामी


3k
Shares

ब्यास । दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः पुरानै पार्टी नेपाली काँग्रेसमै फर्किएका छन् ।

गत शुक्रवार दार्चुलाको एक होटलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै पुनः काँग्रेसमा फर्किएको बताएका हुन् । उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको बताएका छन् ।

‘आफूप्रति आफ्नै पार्टीका साथीहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको कारण आक्रोशमा एमाले प्रवेश गर्ने मानसिकता बनाई आफूहरुले सो कदम चालेको तर मन भने काँग्रेस नै छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्