Logo
Logo

खुम्बु क्षेत्रमा अमेरिकी फोटोग्राफर किटीले खिचेको हिउँ चितुवाका तस्बिरहरू


11.2k
Shares

काठमाडौं । सगरमाथाको खुम्बु क्षेत्रमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो ८ अक्टोवरमा आफ्नो क्यामेरामा कैद गरेकी छन् ।

खम्बु क्षेत्रमा ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो अफिसियल वेभसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ ।’

उनका अनुसार हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट बिहान ४ बजे निस्किएकी थिइन् । उनले भनेकी छन्, ‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ । उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ ।’ किटी किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्