Logo
Logo

देउवाप्रति ओलीको कटाक्ष- प्रचण्डको संगतले बन्दुककै भाषण गर्न थालेछन्


1.4k
Shares

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तथ्यले नेपाली भूमि फिर्ता ल्याउने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि बन्दुक लिएर सीमा बचाउन जान ओलीलाई चुनौती दिएका थिए । त्यसको जवाफ दिँदै ओलीले माओवादी अध्यक्ष प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ । भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो- भाषण गर्दैमा फिर्ता आउँछ ? बन्दुक लैजानुस् भने । म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैं, तर्क तथ्यले गर्छ ।’

प्रतिक्रिया दिनुहोस्