Logo
Logo

एमालेको गठबन्धन भ्रष्टाचारीको गठबन्धन : देव गुरुङ


1.1k
Shares

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव एवं  लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार देव गुरुङले एमालेको गठबन्धन भ्रष्टाचारीको गठबन्धन भएको टिप्पणी गरेका छन् । 

आइतबार लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  एमालेले भ्रष्टाचारीहरू मिलाएर गठबन्धन बनाएको बताए । 

एमालेले मुलुकलाई गम्भीर सङ्कटको दिशामा लान लागेकाले आफूहरूले फरक गठबन्धन बनाउनुपरेको उनको भनाइ छ । 

उनले नेकपा एमालेले कन्सपेरेसी अर्थात षड्यन्त्रको सिद्धान्तलाई अङ्गालेको उनले आरोप लगाए । त्यसबाट मुक्त हुन आगामी निर्वाचनमा गठबन्धनलाई भोट दिनुपर्ने उनले बताए ।

एमालेले राणाकाल र राजतन्त्रमा सत्ता कब्जा गर्नको लागि अपनाइएको षड्यन्त्रको सिद्धान्तलाई अंगीकार गरेको टिप्पणी गरे । तर, त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनले बताए । 

लोकतन्त्रात्मक व्यवस्थामा पनि षड्यन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए । 

राजनीतिमा इमान्दारिता नभएको र  भ्रष्टाचारी चरित्रलाई अङ्गालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे ।

०७४ को निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा जाँदा  आवश्यक बहुमत पनि प्राप्त गरेको तर संविधानले दिएका मुख्य मान्यता र लोकतान्त्रिक संस्कारअनुसार काम गर्न नसक्नुमा केपी ओली मुख्य दोषी रहेको उनले बताए ।  ओलीको तानाशाही चरित्रका कारण नेपाली जनताले चुनेर पठाएका प्रनिनिधिले निर्माण गरेको संविधानलाई ध्वस्त बनाउने काम गरको उनको आरोप छ ।

गुरुङले भने– एमालेले गरेको संसद् विघटन मात्रै थियो त रु हेर्दा त्यो सामान्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक सङ्कटमा पुर्‍याउने खेल रचिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्