काठमाडौं । अभियुक्तसँग घुस लिएको आरोपमा साइबर ब्युरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको छ ।
थुनामा रहेका एक अभियुक्तसँग पैसा मागेको छानबिनबाट पुष्टि भएपछि उनको तीन तलब वृद्धि घटुवा गरी त्यहाँबाट हटाएको छ । मुद्दा शाखाको प्रमुखका रूपमा कार्यरत रहँदा उनले मुद्दामा सहजीकरण गर्ने भन्दै पैसा मागेका थिए । छानबिन प्रतिवेदनका आधारमा उनीमाथि कारबाही गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईले बताए ।
ब्यूरोमा कतिपय उजुरीमा मोलतोल हुने गरेको उजुरी समेत प्रधान कार्यालयमा परेका छन् ।