Logo
Logo

स्वास्थ्य मन्त्रालयले भन्योः निर्वाचन गतिविधिले कोरोना बढ्न सक्छ, सावधानी अपनाउनू


189
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेका हुन् ।

साथै मन्त्रालयले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । उनले विश्वव्यापी रूपमा कोभिड–१९ को संक्रमण घटे पनि जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्