Logo
Logo

टुकुचामा अर्बाैंको चलखेल


819
Shares

काठमाडौं । टुकुचा खोला उत्खनन अभियान रोकिँदा केही व्यापारीको अरबौं जोगिएको छ । काठमाडौंका मेयर बालेन साहले टुकुचा उत्खनन् थालेपछि केही व्यापारीको सात्तो गएको थियो । अन्ततः उनीहरूले अदालतदेखि पुरातत्व विभागसम्म चलखेल गरेर उत्खनन अभियान रोक्न सफल भएका छन् ।

खोला उत्खनन् गर्न सबैभन्दा ठूलो क्षति व्यापारी सोम लालचनलाई हुनेथियो । कमलादीमा उनको दुई वटा ठूला भवन भत्कने अवस्थामा थिए । लालचन प्लाजा र सिद्धार्थ बैैंक रहेको भवन उनको हो । दुवै भवनमुनी टुकुवा खोला बगेको छ ।

दुई वटा भवन करिब ४० आना जग्गामा बनेको छ । दुई वटा घरको मुल्य एक अर्ब भन्दा धेरै रहेको छ । यदि, बालेनको उत्खनन अभियान जारी रहेको भए मासिक करिब एक करोड भाडा आउने दुई घर भत्काउनुपर्ने अवस्था थियो । तर, उनीलगायत केही व्यापारी मिलेर अभियान असफल बनाएका छन् ।

विगतमा सुन तस्करीमा मुछिएका व्यापारी लालचनले त्यही पैसाबाट सो घरजग्गा पनि खरिद गरेका थिए । उनको सम्पत्तिको स्रोतबारे व्यापारीहरूले नै प्रश्न उठाउँदै आएका छन् । पछिल्लो समय उनी बाँसबारीमा पाँच तारे होटल बनाउने प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस्