Logo
Logo

गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त


7.4k
Shares

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् ।

मन्त्री आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्री पोखरेलले हटाउन हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन् ।

२०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि गुनासो पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्