Logo
Logo

अख्तियारको चिन्ता– भ्रष्टाचारीको मनोबल बढ्न थाल्यो


8.6k
Shares


काठमाडौं । बिशेष अदालतबाट पछिल्लो समय भएका फैसलाले भ्रष्टाचार गर्नेहरुको मनोबल बढ्ने चिन्ता अख्तियारका अधिकारीले व्यक्त गरेका छन् । मंगलबार पत्रकार सम्मेलन नै गरेर आयोगले बिशेषका फैसलाप्रति चित्त नबुझ्नुका कारणहरु खुलाएका थिए ।


गत आर्थिक वर्षमा आयोगको सफलतादर ऐतिहासिक रुपमा कम भएको थियो । दायर भएकामध्ये ३८.५१ प्रतिशत मात्र सफल भएका थिए । पछिल्लो समय एक सय ८४ वटा मुद्दाको फैसला प्राप्त भएकोमा एक सय ४० वटामा सफाई भएको थियो । २० वटामा मात्र ठहर भएका छन् ।


आयोगले बिशेषका फैसलाउपर एक सय २४ वटा मुद्दा पुनरावलोकन गरिसकेको छ । प्रशस्त प्रमाण हुँदा हुँदै पनि सर्वाेच्च अदालतकै प्रमाणसम्बन्धि नजिरलाई नजरअन्दाज गरी फैसला गरिएको अख्तियारको दाबी छ ।


पुरानरावेदन आयोगको नियमित प्रक्रिया भएपनि पछिल्लो समय बिशेष अदालतबाट भएका फैसलाले आयोगप्रतिको विश्वसनियतामा कमी आउने सक्ने भएकाले विषय प्रष्ट पार्न पत्रकार सम्मेलन गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । ‘हामीले सबै मुद्दाको विश्लेषण गर्दा अनुसन्धानमा हाम्रो कमजोरी देखिएन, तर पनि सफाईको फैसला भयो,’ उनले भने,‘यसले आयोगप्रतिको विश्वासमा कमी नआओस्, आयोगले मुद्दा दायर गरेपनि केही हुँदो रहेनछ भन्ने अवस्था नआओस् भनेर हामीले पत्रकार सम्मेलन गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्