Logo
Logo

रौतहट-३ का उम्मेदवार रविन्द्र पटेललाई माओवादीले गर्‍यो कारबाही


3.9k
Shares

रौतहट । नेकपा (माओवादी केन्द्र)ले रौतहट-३ का उम्मेदवार रविन्द्र पटेल ‘धिरज’लाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले कारबाही गरेको हो । गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहट- ३ माओवादीको भागमा परेको थियो । धिरज गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार बनेका थिए ।

तर सो क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गर्दै समर्थन जनाएको थियो । पार्टीले निर्णय गरे पनि पटेलले उम्मेदवारी फिर्ता नलिएपछि कारबाही गरेको हो ।

पार्टीको निर्णय नमानेको भन्दै माओवादीले पटेलको सदस्यता खारेज गरेको हो । त्यस्तै, पटेललाई सघाएको भन्दै पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्