Logo
Logo

जनताको मतले गठबन्धन भत्किने युवराज ज्ञवालीको दाबी


567
Shares

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मंसिरपछि सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन् । त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उनको भनाइ छ ।

देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उनले बताए । वर्तमान गठबन्धन अग्रगामी नभएको उनको आरोप थियो । उनले भने, ‘नेताको टाउको जोडिँदैमा गठबन्धन हुँदैन । यो गठबन्धन जनताको मतले भत्किँदै छ ।’

प्रतिक्रिया दिनुहोस्