Logo
Logo

सल्यानमा नेकपाले पूर्णता पायो


- दृष्टि न्युज/संवाददाता

0
Shares

सल्यान, १२ भदौं । सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका संगठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो ।
सदरमुकाम खलंगामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुंगो लगाएको हो ।
पूर्वएमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पूर्वमाओवादीबाट शारदा, बन्गाड कुपिण्डे, दार्मा, कुमाख र कालीमाटीमा नेतृत्व लिने गरी सहमति भएको नेकपा जिल्ला अध्यक्ष गोविन्द पुनले बताए ।
नेकपाले शारदा नगरपालिकामा नवीनसिंह भडेल अध्यक्ष र यौव प्रकाश श्रेष्ठ सचिव, बागगचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र सचिव लोकमान बुढाथोकी, वननगाड कुपिण्डे नगरपालिकामा कृतिबहादुर राना अध्यक्ष र गुञ्जमान बुढालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तीर्थराज बस्नेत सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जीतबहादुर चलाउने अध्यक्ष र रामबहादुर बस्नेत सचिव तथा छत्रेश्वरी गाउँपालिकामा ओझबहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्कालाई सचिवको जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ । नेकपाले दार्मामा असवीर बुढाथोकी अध्यक्ष र दलबहादुर केसी सचिव, कुमाखमा चन्द्रबहादुर राना अध्यक्ष र भैरव शाह सचिव एवम् कालीमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसीलाई सचिवको जिम्मेवारी प्रदान गरेको छ ।
बैठकपछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमिटीका अन्य सदस्यको टुंगो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्