Logo
Logo

बाजुरामा भूकम्पको धक्का महसुस


630
Shares

काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १३ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्