मोरङ । मोरङ क्षेत्र नम्बर–३ (१)को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापति हुन् ।

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार उपचारको क्रममा मृत्यु भएको थियो । थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबर १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेका उम्मेदवार दीलिप राईसँग प्रतिस्पर्धा गर्ने छन् ।