Logo
Logo

पीएम कप : पुलिस र आर्मी क्लब भिड्दै


189
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ । शुक्रबार हुने खेलको विजेता टोली फाइनलमा एपीएफ क्लबसँग भिड्नेछ ।

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्