Logo
Logo

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घद्धारा सहयोग


252
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घले बिहीबार उक्त सहयोग उपलब्ध गराएको हाे ।

आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको बताइएको छ । केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ । सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधी उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो ।

बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ । लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना विरामी देखिएका छन् । साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए । त्यसयता यहाँ हैजाको सङ्क्रमण फैलिएको हो ।

प्रतिक्रिया दिनुहोस्